अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा « Khabarhub

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ एवम् प्रभावशाली व्यापारी महमूद कारजाईलाई अफगान शासन चलाइरहेको तालिबानले नियन्त्रणमा लिएको छ । आइतबार कारजाईलाई काबुल विमानस्थलबाट तालिबानले हिरासतमा लिएको स्रोतले खामाप्रेसलाई बताएको छ ।

पूर्वसहरी विकास र भूमिमन्त्री समेत रहेका महमूद कारजाईलाई कानूनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन् ।

तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामाप्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल विमानस्थलबाट हिरासतमा लिएको बताएको छ । उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए ।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन् । उनीहरु तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि पनि अफगानिस्तानमै बस्दै आएका छन् । पूर्वराष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् । उनले तालिबानलाई समावेशी सरकार गठन गर्न पनि माग गरिरहेका छन् ।

खामाप्रेससँग कुरा गर्ने स्रोतले महमूद कारजाईलाई हिरासतमा राख्नुको कारण उनका भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : ४५ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ