अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा « Khabarhub

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ एवम् प्रभावशाली व्यापारी महमूद कारजाईलाई अफगान शासन चलाइरहेको तालिबानले नियन्त्रणमा लिएको छ । आइतबार कारजाईलाई काबुल विमानस्थलबाट तालिबानले हिरासतमा लिएको स्रोतले खामाप्रेसलाई बताएको छ ।

पूर्वसहरी विकास र भूमिमन्त्री समेत रहेका महमूद कारजाईलाई कानूनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिएका छन् ।

तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामाप्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल विमानस्थलबाट हिरासतमा लिएको बताएको छ । उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए ।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन् । उनीहरु तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि पनि अफगानिस्तानमै बस्दै आएका छन् । पूर्वराष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् । उनले तालिबानलाई समावेशी सरकार गठन गर्न पनि माग गरिरहेका छन् ।

खामाप्रेससँग कुरा गर्ने स्रोतले महमूद कारजाईलाई हिरासतमा राख्नुको कारण उनका भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ४ : ४५ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक