‘विकासको चाहाने जनताको मत मलाई आउँछ’  « Khabarhub

‘विकासको चाहाने जनताको मत मलाई आउँछ’ 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन् । झापाको भद्रपुरमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं ३ मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताएका हुन् ।

‘पहिलो संविधानसभाबाट संविधान आउन सकेन, म त्यो चुनावमा पराजित भएको थिएँ’, उनले भने, ‘दोस्रो संविधानसभाको निर्वाचनमा संविधान बनाउने प्रतिबद्धता जनाए, जनताले मलाई विश्वास गरे, विजय भएँ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेँ ।’

संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए । ‘यो निर्वाचनबाट लोकतन्त्र चाहने पक्षको विषय हुन्छ, गठबन्धनको सरकार बन्छ’, संविधानको वास्तविक कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने, ‘त्यो सरकारले संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकमा लोकतान्त्रिक समाजवाद स्थापित गर्छ ।’

मुलुकमा कांग्रेस र कम्युनिष्ट मिलेर गणतन्त्र ल्याएको उल्लेख गर्दै नेता सिटौलाले राजतन्त्र फ्याँक्ने शक्तिले राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्यको कुराको भएको जनाए । उनले विसङ्गतिपूर्व राजनीतिले देशलाई विकास र निकास दिन नसक्नेसमेत औँल्याए । सत्ता-गठबन्धनबारे चर्चा गर्नुहुँदै नेता सिटौलाले गठबन्धनका हरेक काम इमान्दारीपूर्वक हुने-भइरहेको बताए । ‘गठबन्धनले राम्रो काम गरेको छ’, उनले भने, ‘गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ ।’ समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता सिटौलाको भनाइ छ । विसं २०४८ देखि आफू चुनावी राजनीतिमा रहेको बताउँदै नेता सिटौलाले हारे पनि जिते पनि झापा क्षेत्र नं ३ मै रहेर राजनीतिमा सक्रिय रहेको सुनाए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ४२ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये