भिक्टोरिया तालमा हवाईजहाज डुब्दा १९ जनाको मृत्यु « Khabarhub

भिक्टोरिया तालमा हवाईजहाज डुब्दा १९ जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिक्टोरिया तालमा आइतबार भएको हवाईजहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । तान्जानियाका प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको विमान भिक्टोरिया तालमा डुबेको बताएका छन् ।

‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्’ बुकोबा विमानस्थलको भ्रमण गरेपछि प्रधानमन्त्रीले बताएका छन् ।

यस विमान यात्रामा रहेका ४३ यात्रु मध्ये २४ जना बाँच्न सफल भएको र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।

अस्पतालमा भर्ना बिरामीहरुमा दुई जना विमानमा सवार नरहेको पनि एयरलाइन अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले उक्त विमान डुबेको देखाएको छ, जसमा माछा मार्ने माझी तथा उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउन प्रयासरत देखिन्छन् ।

आकस्मिक कामदारहरूले डोरी प्रयोग गरेर विमानलाई पानीबाट बाहिर निकाल्ने प्रयास गर्दै थिए । क्रेनको सहयोगमा बासिन्दाहरूले पनि मद्दत गर्न खोजेका थिए ।

राष्ट्रपति सामिया सुलुहु हसनले दुर्घटनामा परी घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै भनेकी छिन् ‘हामी हामीलाई मद्दत गर्न ईश्वरसँग प्रार्थना गर्दछौं।’ यो प्रकोप पूर्वी अफ्रिकी राष्ट्रमा भएको सबैभन्दा घातक विमान दुर्घटनाको रुपमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १३ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान