भिक्टोरिया तालमा हवाईजहाज डुब्दा १९ जनाको मृत्यु « Khabarhub

भिक्टोरिया तालमा हवाईजहाज डुब्दा १९ जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिक्टोरिया तालमा आइतबार भएको हवाईजहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । तान्जानियाका प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको विमान भिक्टोरिया तालमा डुबेको बताएका छन् ।

‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्’ बुकोबा विमानस्थलको भ्रमण गरेपछि प्रधानमन्त्रीले बताएका छन् ।

यस विमान यात्रामा रहेका ४३ यात्रु मध्ये २४ जना बाँच्न सफल भएको र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।

अस्पतालमा भर्ना बिरामीहरुमा दुई जना विमानमा सवार नरहेको पनि एयरलाइन अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले उक्त विमान डुबेको देखाएको छ, जसमा माछा मार्ने माझी तथा उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउन प्रयासरत देखिन्छन् ।

आकस्मिक कामदारहरूले डोरी प्रयोग गरेर विमानलाई पानीबाट बाहिर निकाल्ने प्रयास गर्दै थिए । क्रेनको सहयोगमा बासिन्दाहरूले पनि मद्दत गर्न खोजेका थिए ।

राष्ट्रपति सामिया सुलुहु हसनले दुर्घटनामा परी घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै भनेकी छिन् ‘हामी हामीलाई मद्दत गर्न ईश्वरसँग प्रार्थना गर्दछौं।’ यो प्रकोप पूर्वी अफ्रिकी राष्ट्रमा भएको सबैभन्दा घातक विमान दुर्घटनाको रुपमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।