जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

जापानी सम्राट नारुहितोले राजदूत डा सुवेदीलाई स्वागत गर्दै दुई मित्र राष्ट्रबीचको विद्यमान सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुसी व्यक्त गरे। उनले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्यको घनिष्ट र सौहार्द्रपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

आफ्नो ओहोदाको पत्र पेश गर्दै राजदूत डा सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरे । 

राजदूत डा सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गर्नुभएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : २५ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको