इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप « Khabarhub

इमरान खानले देशद्रोह गरेको पाकिस्तानी गृहमन्त्री सनाउल्लाहको आरोप


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख एवम् पूर्वप्रधानमन्त्री इमरान खानले मुलुकविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् ।

जिओ न्यूजसँग कुरा गर्दै उनले भने, “इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।’’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्‍यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।

लाहोर सहरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, “हामीले निर्णय गरेका छौं । हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो । उक्त स्थानमा मोअज्जम शहीद भएका थिए ।”

यद्यपि पीटीआईका प्रभावशाली नेता एवम् पूर्वसूचनामन्त्री फवाद चौधरीले भने बिहीबारबाट मात्रै पीटीआईको ‘लामो यात्रा’ पुनः सुरु हुने स्पष्ट पारेका छन् । चौधरीलाई उद्धृत गर्दै डनले भनेको छ, ‘मंगलबार वा बुधबार होइन, लङ माच बिहीबारबाट मात्र सुरु हुनेछ ।’ त्यस्तै, पीटीआई कै अर्का प्रभावशाली नेता फैसल जावेदले पनि बिहीबार दिउँसो २ बजेबाट वजीराबाददेखि नै उक्त मार्च सुरु हुने ट्विटरमार्फत् जानकराी दिएका छन् ।

सनाउल्लाहले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । “इमरान खानको एउटै मात्र माग छ ः उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,” गृहमन्त्रीले भने ।

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि उनको दाबी छ । यसअघि इमरान खानले अस्पतालबाट गरेको सम्बोधनका क्रममा सनाउल्लाह हत्यारा भएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ३९ बजे

पर्यटकीय गाउँ धम्पुसमा पर्यटकीय आकर्षण 

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

काठमाडौं – विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित सरकार

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि