‘कांग्रेसको घोषणपत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ’ « Khabarhub

‘कांग्रेसको घोषणपत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ’


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसको घोषाणापत्र कार्यान्वयनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने आज यहाँ आयोजना गरिएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘अबको कांग्रेसको सङ्कल्प’माथि छलफल कार्यक्रममा बोल्ने कांग्रेसका नेताहरूले गठबन्धनले जित हासिल गर्दा मात्र कांग्र्रेसको घोषणापत्र कार्यान्वयनमा आउने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसले बोलेको कुरा गर्ने भएकाले अब सपनाको पछि नलाग्न आग्रह गरे । उनले भने, ‘जनतालाई साथ लिएर हिँड्ने पार्टी भनेको कांग्रेस हो ।’कांग्रेसले आफ्नो प्रतिबद्धताको लेखाजोखा गर्ने उनको भनाइ थियो । उनले थपे, ‘हामी अरुले झैँ सपना देखाउँदैनौँ ।’

कांग्रेस केन्द्रीय सदस्य प्रा डा गोविन्द पोखरेलले कांग्रेसले जनताको कोखदेखि शोकसम्म काम गर्ने गरी सङ्कल्प गरेको बताएका छन् । समाजवाद कांग्रेसको कार्यक्रम रहेको भन्दै उनले अहिले युरोपियन मोडलको समाजवादको परिकल्पना कांग्रेसको सङ्कल्पपत्रमा गरिएको बताए । घोषणापत्र तयारी समितिका सदस्यसमेत रहनुभएका पोखरेलले नेपालको अवस्थालाई ध्यानमा राखेर विदेश नीति बनाउन कांग्रेस तयार रहेको बताए ।

नेपाली कांग्रेसका नेता एवं योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले कांग्रेसको सङ्कल्प प्रस्ताव अहिलेसम्मकै उत्कृष्ट रहेको बताए । ‘बिपीका कुरादेखि अहिलेका युवासम्मका कुरा समेटिएकाले यसले वृद्धदेखि सबैलाई समेट्छ ।’ उनले भने, ‘वितरणमुखी बजेटलाई एकीकृत गर्दै कोखदेखि शोकसम्मका कार्यक्रम ल्याएका छौँ ।’ योगदानको आधारमा राज्यले यसमा सहयोग गर्ने उहाँले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ३८ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन