एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : ईश्वर पोखरेल « Khabarhub

एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : ईश्वर पोखरेल


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उनले आज वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने गरी काम नगरेको र आगामी दिनमा पनि नगर्नेमा ढुक्क हुन मतदाता समक्ष आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देश विकास गर्ने र जनताको भरोसाको पार्टी एमाले मात्रै भएको पार्टीलाई जिताउन आग्रह गर्दै भने, ‘सबैलाई थाहा भएकै कुरा हो, देशको रक्षा गर्ने र नेपाली जनताको भरोसाको पार्टी भएकाले हो, आफ्नो मतादातालाई न्याय हुने गरी काम गर्छु ।’

उनले आफूले निर्वाचनमा विजयी भएर युवाहरूको विशेष कार्यक्रम ल्याएर अगाडि बढाउने र मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रले सिर्जना गर्ने ‘फण्डा’बाट प्रभावित नहुन मतदातालाई आग्रह गर्दै आफूलाई लागेको कुरा आफूलाई प्रष्ट बताउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ०७ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको