स्वीट्जरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा « Khabarhub

स्वीट्जरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा

रामोसको ह्याट्रिक


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वीट्जरल्यान्डलाई भारी गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति लुसिल स्टेडियममा स्वीट्जरल्यान्डलाई ६–१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । थप गोल पेपे, राफायल गुइरेरो र राफायल लियो गरेका थिए । स्वीट्जरल्यान्डका मानुएल एकान्जीले सान्तवना गोल फर्काए ।

खेलको १७ औं मिनेटमा रामोसले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवाती अवस्था अर्थात् खेलको ५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे भने
५५ औं मिनेटमा राफायलले गोल गर्दै खेलमा ४ शून्यको अग्रता बनाए ।

स्वीट्जरल्यान्डका लागि खेलको ५८ औं मिनेटमा एकान्जीले शान्तवना गोल गरेका हुन् । तर, त्यसको १० मिनेटमा गोल गर्दै रामोसले ह्याट्रिक पूरा गरे ।

पोर्चुगलका लागि इन्जुरी समयमा लियोले गोल गर्दै ६–१ को शानदार जित निश्चित गरेका हुन् । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । गएराति नै भएको खेलमा स्पेनलाई पराजित गर्दै मोरक्को अन्तिम आठमा पुगिसकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : १० बजे

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ