कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा | Khabarhub Khabarhub

कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो।

मंगलबार राति भएको खेलबाट स्वीट्जरल्यान्डमाथि जित निकाल्दै पोर्चुगल र स्पेनविरुद्ध विजयी हुँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। यी दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। अन्तिम आठमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ।

कतार विश्वकप फुटबलमा यसअघि नै फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, नेदरल्यान्ड्स अन्तिम आठमा प्रवेश गरिसकेका छन्।

अब पहिलो क्वाटरफाइनल खेल शुक्रबार ब्राजिल र क्रोएसियाबीच हुनेछ। दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको प्रतिस्पर्धा हुनेछ। तेस्रो र चौंथो क्वाटरफाइनलको खेल शनिबार हुनेछ। शनिबारको पहिलो खेलमा फ्रान्स र इङ्ल्यान्ड तथा अन्तिम खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : २७ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते