इतिहासमा आजः अफगानिस्तानमा जननिर्वाचित राष्ट्रपतिदेखि अमेरिकामा संविधान अनुमोदनसम्म « Khabarhub

इतिहासमा आजः अफगानिस्तानमा जननिर्वाचित राष्ट्रपतिदेखि अमेरिकामा संविधान अनुमोदनसम्म


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को ७ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

अफगानिस्तानमा पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ इस्लाम गणतन्त्रको राष्ट्रपति बनेका थिए। इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए।

सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो। सेनाको तानाशाही शासनको विरोध गरेवापत उनीहरूको हत्या भएको थियो।

पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो। सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो।

पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो।

अमेरिकामा संविधान अनुमोदन
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो। यही कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ।

अस्ट्रो–हंगेरी साम्राज्यविरुद्ध युद्ध
प्रथम विश्वयुद्धको समय अर्थात सन् सन् १९१७ मा अमेरिकाले अस्ट्रो–हंगेरी साम्राज्य विरुद्ध युद्धको घोषणा गरेको थियो।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ४५ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा