इतिहासमा आजः अफगानिस्तानमा जननिर्वाचित राष्ट्रपतिदेखि अमेरिकामा संविधान अनुमोदनसम्म « Khabarhub

इतिहासमा आजः अफगानिस्तानमा जननिर्वाचित राष्ट्रपतिदेखि अमेरिकामा संविधान अनुमोदनसम्म


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को ७ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

अफगानिस्तानमा पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइ इस्लाम गणतन्त्रको राष्ट्रपति बनेका थिए। इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए।

सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो। सेनाको तानाशाही शासनको विरोध गरेवापत उनीहरूको हत्या भएको थियो।

पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो। सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो।

पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो।

अमेरिकामा संविधान अनुमोदन
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो। यही कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ।

अस्ट्रो–हंगेरी साम्राज्यविरुद्ध युद्ध
प्रथम विश्वयुद्धको समय अर्थात सन् सन् १९१७ मा अमेरिकाले अस्ट्रो–हंगेरी साम्राज्य विरुद्ध युद्धको घोषणा गरेको थियो।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना