दमकमा माटोको अम्लियनपनको मात्रा धेरै « Khabarhub

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ ।

दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताए । उनका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ ।

शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्करूपमा कृषि चुनको वितरण गर्ने गरेको बताए । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ ।

माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी गराए । उनले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गरे । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको