तुलसीपुरमा तरकारी बजार सञ्चालनमा « Khabarhub

तुलसीपुरमा तरकारी बजार सञ्चालनमा


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ। तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान, रोल्पाबाट उत्पादित तरकारी पनि बजारीकरणका लागि तुलसीपुर नै केन्द्र बन्ने गरेको बताए। “तुलसीपुर यस क्षेत्रको मात्रै होइन, बाहिरी जिल्लाको बजारीकरण केन्द्र हो”, उनले भने, “त्यसैले यहाँको तरकारी बजारलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्छ।”

अहिले उपमहानगरपालिकामा उत्पादित तरकारीसँगै दङ्गीशरण, बबई, शान्तिनगरको तरकारीको बजार केन्द्र पनि तुलसीपुर हो। त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाबाट पनि तुलसीपुरमै तरकारी आउने गरेको छ।

तरकारी बजारीकरणका लागि रु दुई करोड ३३ लाख लगानीमा तरकारी मण्डी सञ्चालनमा ल्याइएको छ। मावि सेन्टरको १२ कठ्ठा १७ धुर भाडामा लिएर उक्त तरकारी मण्डी सञ्चालनमा ल्याइएको हो। जहाँ ३८ कोठा रहेका छन्। तीमध्ये १६ वटामा तरकारी व्यापार, १९ वटा कोठामा फलफूल व्यापार गर्ने गरिएको छ। विसं २०६८ मा उक्त बजार दर्ता गरी सञ्चालनमा ल्याइएको हो।

तुलसीपुरमा मात्रै दैनिक रु चार लाख बराबरको कारोबार हुने गर्छ। त्यस्तै तुलसीपुरमा दैनिक रु सात लाख बराबर फलफूल कारोबार हुने गर्छ। तुलसीपुरमा मात्रै १८ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्छ। तुलसीपुरमा १७ हजार दुई सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ। तर १५ हजार दुई सय २७ हेक्टरमा मत्रै खेती हुने गरेको छ। तुलसीपुरमा नौ हजार नौ सय ९९ हेक्टर खेतको क्षत्रफल रहेको छ भने छ हजार एक सय २८ हेक्टर पाखोको क्षेत्रफल छ। जसमध्ये खेतीयोग्य जमिनमा बाली नलगाएको क्षेत्रफल एक हजार नौ सय ८५ रहेको छ। तुलसीपुरमा ६०.५ प्रतिशत कृषि आश्रित परिवार छ।

तुलसीपुरमा हाल चार सय ८५ कृषक समूह रहेका छन्। तुलसीपुर ६० समूह तथा सहकारीले रासायनिक मलखादको विक्रेताको इजाजत लिएका छन्। त्यस्तै तुलसीपुरमा चार सय ५० वटा कृषि घरेलु फार्म दर्ता भएका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ३५ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको