तुलसीपुरमा तरकारी बजार सञ्चालनमा « Khabarhub

तुलसीपुरमा तरकारी बजार सञ्चालनमा


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ। तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान, रोल्पाबाट उत्पादित तरकारी पनि बजारीकरणका लागि तुलसीपुर नै केन्द्र बन्ने गरेको बताए। “तुलसीपुर यस क्षेत्रको मात्रै होइन, बाहिरी जिल्लाको बजारीकरण केन्द्र हो”, उनले भने, “त्यसैले यहाँको तरकारी बजारलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्छ।”

अहिले उपमहानगरपालिकामा उत्पादित तरकारीसँगै दङ्गीशरण, बबई, शान्तिनगरको तरकारीको बजार केन्द्र पनि तुलसीपुर हो। त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाबाट पनि तुलसीपुरमै तरकारी आउने गरेको छ।

तरकारी बजारीकरणका लागि रु दुई करोड ३३ लाख लगानीमा तरकारी मण्डी सञ्चालनमा ल्याइएको छ। मावि सेन्टरको १२ कठ्ठा १७ धुर भाडामा लिएर उक्त तरकारी मण्डी सञ्चालनमा ल्याइएको हो। जहाँ ३८ कोठा रहेका छन्। तीमध्ये १६ वटामा तरकारी व्यापार, १९ वटा कोठामा फलफूल व्यापार गर्ने गरिएको छ। विसं २०६८ मा उक्त बजार दर्ता गरी सञ्चालनमा ल्याइएको हो।

तुलसीपुरमा मात्रै दैनिक रु चार लाख बराबरको कारोबार हुने गर्छ। त्यस्तै तुलसीपुरमा दैनिक रु सात लाख बराबर फलफूल कारोबार हुने गर्छ। तुलसीपुरमा मात्रै १८ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्छ। तुलसीपुरमा १७ हजार दुई सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ। तर १५ हजार दुई सय २७ हेक्टरमा मत्रै खेती हुने गरेको छ। तुलसीपुरमा नौ हजार नौ सय ९९ हेक्टर खेतको क्षत्रफल रहेको छ भने छ हजार एक सय २८ हेक्टर पाखोको क्षेत्रफल छ। जसमध्ये खेतीयोग्य जमिनमा बाली नलगाएको क्षेत्रफल एक हजार नौ सय ८५ रहेको छ। तुलसीपुरमा ६०.५ प्रतिशत कृषि आश्रित परिवार छ।

तुलसीपुरमा हाल चार सय ८५ कृषक समूह रहेका छन्। तुलसीपुर ६० समूह तथा सहकारीले रासायनिक मलखादको विक्रेताको इजाजत लिएका छन्। त्यस्तै तुलसीपुरमा चार सय ५० वटा कृषि घरेलु फार्म दर्ता भएका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ३५ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको