सचेतना छाडेर चर्चामा सीमित १६ दिने अभियान « Khabarhub

महिला हिंसाविरुद्धको मर्म

सचेतना छाडेर चर्चामा सीमित १६ दिने अभियान

नारा एकातिर, नेपाली समाजको पारा अर्कैतिर !



काठमाडौँ – लैंगिक हिंसाविरूद्ध मनाइने १६ दिने अभियान नेपालसहित विश्वभरका सम्पूर्ण दिदीबहिनीहरूको लागि एक विशेष अवसर हो, जसले आफूमाथि भएका अन्यायबारे खुलस्त मुख खोल्न सक्छन्। बोल्न सक्छन्। न्यायको लडाई लड्न सक्छन्। र, त्यसरी आफूमाथि वर्षौँदेखि भइरहेका कुकृत्यमाथि धावा बोल्न पाउँछन्।

तर यो अभियान चलिरहेकै बेला देशमा न्यायाधीशले महिलालाई बन्धक बनाएर बलात्कार गरेको समाचार सञ्चारमाध्यममा आइरहेको छ। अनि कर्णालीमा आफ्नै श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा हाल्दै प्रहरी चौकी पुगेका पुरुषको फोटो पनि सामाजिक सञ्जालमा भाइरल छ।

महिला हिंसाविरुद्धको दिवस वा अभियान भनेकै सचेतनाको पहिलो लहर हो। यसले अरु होइन, केवल सचेतना फैलाएर यी १६ दिनमा सारा संसार महिलामैत्री बनाउने अठोट हो। तर नेपालमा ठिक उल्टो अर्थात् १६ दिने अभियानमै महिलामाथिका बर्बर घटना सार्वजनिक भएका छन्।

त्यति मात्रै होइन, बाहिर महिला हिंसाका कुरा गर्ने महिला र पुरुष नै महिलामाथि शृङ्खलाबद्ध अन्यायका घटना घटाउन लागिपरेका कैयौँ तथ्य गुमनाम छैनन्। ती कसैको उक्साहट, साहस, क्षमता र क्रमभंगता नभएका कारण बाहिर आउन सकेका देखिँदैनन्।

१६ दिने अभियानको इतिहास र यथार्थ

सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले अन्तर्राष्ट्रियता तीन दशक पार गरिसकेको छ। नेपालमा सन् १९९७ देखि सञ्चालन हुँदै आएको छ।

नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘सभ्य समाजको पहिचान:  लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ मनाइँदैछ।

नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार तथा कानुनले महिलालाई परिवार सञ्चालन देखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ।

यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन्। तपाई हामीले दैनिक जसो महिला हिंसाका घटना पढेका सुनेका अनि कतिपय अवस्थामा हेर्न बाध्य सम्म भएका छौँ।

औपचारिकताभन्दा व्यवहारिकताको खाँचो

हामीले मानेका शिक्षित र इज्जतदारको घर भित्र हिंसाको कहालीलाग्दो कथा लुकेको हुन्छ तर बाहिर ल्याउने बाटो साँघुरो हुन्छ। कथित इज्जतदार घरमा भएको हिंसा त झन् बाहिर ल्याउन निकै कठिन हुने रहेछ। शिक्षित र इज्जतदार कहलिएको घरले अनुसरण गर्ने सामाजिक मूल्यमान्यताले लैङ्गिक भेदभाव र हिंसालाई मलजल गरिरहेको छ।

समाजले घर भित्रको सबै कामहरू खाना बनाउने, कपडा धुने, बालबच्चाको स्याहार गर्ने दायित्व महिलाको हो भनेर असमान मान्यता राखेको छ। घर बाहिरको सबै कामहरू पैसा कमाएर परिवारका अन्यको पालनपोषणको जिम्मा पुरुषले नै लिनु पर्छ भन्ने मान्यतालाई पनि सही छ भनेर कसरी भन्न सकिन्छ र ?

कामको यस्तो भेदभाव नै लैङ्गिक हिंसा रहेछ। मैले बुझेको कुरा परिवर्तनका लागि औपचारिक शिक्षा र सामाजिक इज्जत भन्दा पनि व्यवहारिक चेतना अत्यावश्यक हुन्छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : १८ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र