रेशमलाई फकाए सत्ता गठबन्धन सुरक्षित ! | Khabarhub Khabarhub

रेशमलाई फकाए सत्ता गठबन्धन सुरक्षित !

राप्रपा र रास्वापाको विकल्प खोज्दै कांग्रेस र माओवादी


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई फकाउन सत्ता गठबन्धका नेताहरु एकपछि अर्को गरि जेल पुगेका समाचार सञ्चारमाध्यममा छरपस्टै आएका छन् । टीकापुर घटनाका कारण जेलजीवन बिताइरहेका पूर्व पत्रकार, व्यवसायी तथा लेखकसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी यतिबेला सत्ता गठबन्धनको आकर्षक हतियार बनेका छन् ।

एउटा स्वतन्त्र गरेर चार सिट जितेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनका लागि निर्णायकजस्तै छ । कांग्रेस नेतृत्वको गठबन्धनले नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी राप्रपालाई सरकारमा ल्याउन चाहेको छैन ।

यसको सट्टामा जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनका नेताहरुको रोजाईमा छन् । उनीहरु ल्याउँदा मधेस, पहाड, सीमान्तकृतको पनि सहभागिता हुने भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरु जेल नै पुगेर रेशम चौधरीसँग वार्ता गरिरहेका छन् ।

अहिले समानुपातिकको समेत मतपरिणाम आउँदा कांग्रेसको ८९, माओवादीको ३२, नेकपा समाजवादीको १०, लोसपा ४, जनमत ६, जनमोर्चा १, नागरिक उन्मुक्ति ४ सिट गरेर कम्तीमा १४५ सिटसहित ढुक्कसँग बहुमतको सरकार बन्छ ।

यस्तो अवस्थामा गठबन्धनले आफूसँग सहकार्य नगरेका जसपा, राप्रपा र रास्वपासँग सरोकार राख्नु पर्ने छैन । यद्यपि उनीहरु सरकारमा आएको खण्डमा सहज हुने छ नै । तर पनि पाँच वर्ष स्पष्ट सरकार चलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड यतिबेला नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन लागि परेका छन् ।

सरकारमा प्राय बखेडा झिकिरहने मधेसकेन्द्रित दलहरुको पनि भरोसा नभएकाले सत्ता गठबन्धनका नेताहरु रेशम चौधरीलाई फकाएर सरकारमा लैजान चाहन्छन् । त्यसका लागि आवश्यक परेको खण्डमा रेशम चौधरीको रिहाईका लागि सहज वातावरण बनाउन पनि प्रचण्ड तयार देखिएको उनकै भनाई छ ।

तर समर्थन दिनेबित्तिकै प्रक्रिया सुरु गर्ने कि केवल आश्वासन मात्रै दिने ? भन्ने विषयमा दुवै पक्ष स्पष्ट छैनन् । देउवा, प्रचण्ड लगायत नेताहरूको चासो हेर्दा रेशम चौधरीलाई फकाए सत्ता गठबन्धन सहजै रुपमा सुरक्षित रहने भएकाले यो प्रयास पेचिलो भएपनि सफल हुने सम्भावना छ ।

आफ्नो रिहाईको विषयलाई सार्थक बनाउन पनि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सरकारमा पठाउन चाहन्छन् । उनी मन्त्री बन्ने सम्भावना पनि छ । रेशम पत्नी रञ्जिता पनि पूर्वपत्रकार हुन् ।

टीकापुर घटनामा एक बालक र ७ सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएपछि रेशम चौधरीको रेडियो फूलबारी एफएम र रिसोर्टमा आन्दोलनकारीले आगो लगाएका थिए । टीकापुर घटनाकै कारण रेशम चौधरी झण्डै दुई वर्ष लुकिछिपी भागेरै बसेका थिए ।

उनले २०७४ सालको चुनाव लडेर जितेका पनि थिए । पछि अदालतसामु आत्मसपर्मण गरेका उनी जेल चलान भएका थिए । डिल्लीबजार कारागारबाट निकालेर उनलाई तत्कालीन सभामुख कृष्ण महराले सांसदको शपथ खुवाएका थिए ।

तर पनि उनी जेलजीवनमै रहे । रिहाई हुन पाएनन् । उनकै पार्टी जसपाले रिहाई नगरेपछि उनले आफ्नै पार्टी खोलेर यसपटक श्रीमतीबुवालाई प्रत्यक्ष चुनाव लडाएका थिए । चुनाव लड्दा जित हात पारेका रेशम परिवारले अब जेल जीवनबाट उन्मुक्ति पाइन्छ कि ? भन्ने आश राखेका छन् ।

सत्ता गठबन्धनलाई समेत बहुमतमा थोरै भएपनि राहत दिने तर निर्णायक नै सम्झिने रेशम चौधरीको राजनीतिक मोड यतिबेला अनौठोसँग उदाएको छ । हिजोका दिनमा अपराधी भएर जेलजीवन बिताइरहेका चौधरी अब राजनीतिक नेताका रुपमा उदाएर सरकारमा सहभागी हुने हैसियत बनाउनु सामान्य होइन ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ३४ बजे

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट