नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य « Khabarhub

नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ । खेलमा टस जितेर बलिङ रोजेको नेपालको बलिङ चल्न नसकेपछि नेपालले २७६ रनको लक्ष्य पाएको हो ।

खेलमा ५० ओभर नै मैदानमा टिकेको आयोजक नामिबियाले सात विकेट गुमाएर २७५ रन बनाएको हो । ५ दशमलव ५ को रन रेट राखेको नामिबियाका ओपनर लो धन्द्री लोउरेन्सले १४ र डिवान ला ककले १८ रन मात्र बनाएका थिए ।

खेलमा राम्रो सुरुआत गरे पनि नेपाली बलिङले त्यसलाई निरन्तरता दिन सकेन । आठौं ओभरको पाँचौ बलमा २८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाले ११ औं ओभरको पहिलो बलमा ३४ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको थियो ।

तेस्रो नम्बरमा मैदानमा आएका मिचेल भान लिन्गेनले भने सतक प्रहार गरे । खेलमा अविजित उनले १११ बलमा १५ चौका र एक छक्काका साथ ११९ रन बनाएका छन् । ७६ बल खेलेका कप्तान गेरहार्ड एरास्मसले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए। त्यस्तै जान निकोल लोफटी इटोनले पनि ४० रनको योगदान दिए ।

नेपालका लागि आज ललित राजवंशीले उत्कृष्ट फिगरको बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर चार विकेट गिराएका हुन् । नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकालले समान १–१ विकेट लिए । नेपाली खेलाडीले दुई ओभर मात्र मेडन राख्न सकेका छन्। सोमपाल र गुल्सन झाले एकएक ओभर मेडन राखेका थिए ।

नेपाले अहिले ब्याटिङ सुरु गरेको छ । ओपनिङमा अर्जुन साउँदसँगै कुशल भुर्तेल आएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ०६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने