खार्पुनाथ बन्यो हुम्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका « Khabarhub

खार्पुनाथ बन्यो हुम्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले पाँचवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावतले आगामी दिनमा खार्पुनाथका बालबालिकाले खोप लगाउनबाट वञ्चित भएको सञ्चारकर्मीले समाचार लेख्नु नपरोस् भन्ने आग्रह गरे । सो गाउँपालिकाले २३ महिनाभन्दा मुनिका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का