मा‌ओवादी महासचिव: को बन्ला प्रचण्डको ‘पेनकिलर’ | Khabarhub Khabarhub

मा‌ओवादी महासचिव: को बन्ला प्रचण्डको ‘पेनकिलर’

जनार्दनबाट तर्सिएका ‘सुप्रिमो’को रोजाइमा अरु को छन् ?



काठमाडौँ–  नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सम्पन्न भए पनि पदाधिकारी चयन बाँकी नै छ । जुन माओवादीभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘उत्तारधिकार’का रुपमा महासचिव पदमा को आउँछ भन्ने चासोले पनि महाधिवेशनप्रतिको आशा र सम्भावना फेरिएको छैन ।

झण्डै दशकसम्म पदाधिकारीविहीन अध्यक्ष रहेर माओवादी केन्द्र हाँकिरहेका प्रचण्डलाई सहज बनाउनेभन्दा थप चिन्तित तुल्याउने महासचिव पदमा साँच्चै को आउँछ ? भन्ने चासो बढ्नु अस्वभाविक होइन । तर यो चासो बढ्नुमा त्यति सजिलो कारण पनि देखिँदैन ।

खासगरी आफूभन्दा शक्तिशाली अर्को देख्नै नचाहने प्रचण्डको कार्यशैलीले माओवादीमा नयाँ आउने महासचिव को हुन्छ भन्नेमा चासो बढेको हो । यसमा ‘सुप्रिमो’को चाहनाभन्दा माओवादीको भीडले गरेको निर्णय प्रचण्डका लागि घातक हुन सक्ने भएकाले पनि आठौँ महाधिवेशन हठात अन्त्य गरिएको हो ।

यद्यपि प्रचण्डले कारण भने वर्षमान पुन दम्पतीलाई देखाएका थिए । जण्डिसबाट प्रताडित पुन पत्नी ओनसरी घर्तीसहित उपचारका लागि चीन गएका थिए ।

अब वर्षमान पनि फर्किएकाले माओवादीको आठौँ महाधिवेशनले पदाधिकारी पाउने सम्भावना छ । तर, त्यो सम्भावना केवल दुई/चार जना नेता पदाधिकारी बन्ने मात्रै होइन, प्रचण्डको पीडा बिसाउने ‘पेनकिलर’ पनि हुनेछ ।

अहिले खासगरी प्रचण्डलाई ३० वर्षदेखि अध्यक्षमा रहेको आरोप छ । अनि पार्टीमा एकलौटी गर्दा बाबुराम भट्टराई, मौहन वैद्य, रामबहादुर थापा ‘बादल’ र विप्लव लगायत प्रभावशाली नेता माओवादीबाटै बाहिरिएको स्पष्ट छ । त्यसमा सबैभन्दा बढी जिम्मेवार प्रचण्ड छन् ।

यद्यपि प्रचण्डले कारण भने वर्षमान पुन दम्पतीलाई देखाएका थिए । जण्डिसबाट प्रताडित पुन पत्नी ओनसरी घर्तीसहित उपचारका लागि चीन गएका थिए ।

आफ्नो गुटका कार्यकर्ता लगाएर उनीहरुमाथि एकपछि अर्को आक्रमण र पार्टीभित्र खुम्च्याउने गरेपछि त्यसको क्षतिस्वरुप माओवादी पार्टी नै सिद्धिने अवस्था आए पनि प्रचण्डले आफ्नो बलशाली शक्ति देखाउन छाडेनन् । जसकारण हिजोको विशाल माओवादी आज १० टुक्रामा विभाजित भएर ‘प्रचण्ड झुण्ड’मा सीमित छ ।

बाहिरी रुपमा पार्टीलाई ठूलो बनाउने चुनौतीभन्दा प्रचण्डलाई अब आउने महासचिवले झन धेरै पीडा दिने हो कि भन्ने चिन्ता पनि छ । यसअघि महासचिव रहेका पोष्टबहादुर बोगटीको निधन भयो । त्यसले पारिवारिक पीडा छँदैछ ।

त्यसपछि महासचिव बनेका रामबहादुर थापा ‘बादल’ सधै प्रचण्ड विरोधी खेमामा लागे । अहिले त बादल प्रचण्ड छाडेर केपी शर्मा ओलीको एमालेमै विलय भइसकेका छन् ।

यसले पनि माओवादीको महासचिव पद प्रचण्डका लागि उपयुक्त छैन/होइन भन्ने देखाउँछ । सकेसम्म महासचिवलाई उपयोग गर्न खोज्ने नभए पार्टीबाटै हुत्याइदिने प्रवृत्तिका प्रचण्डसँग अब आउने महासचिव शक्तिशाली मात्रै होइन, कार्यकर्ताका लागि अपेक्षित पनि हो ।

माओवादी पार्टी विगतभन्दा खुम्चिँदै टुक्रिएर सानो झुण्ड बन्दै गइरहेका बेला माओवाद विचार र आन्दोलनलाईअगाडि बढाउने कार्यभार पनि महासचिवलाई हुनेछ । तर, प्रचण्ड कम्तीमा अझै एक दशक सक्रिय राजनीतिबाट बाहिरिने सुरमा छैनन् ।

त्यसकारण उनी आफूले भरपुर उपयोग गर्न सक्ने र आफूले भनेको मान्ने व्यक्तिलाई मात्रै महासचिव बनाउने ध्येयमा छन् ।

हालै माओवादीमा प्रभाव जमाइरहेका नारायणकाजी श्रेष्ठलाई पन्छाएर प्रचण्डले शशी श्रेष्ठलाई सरकारमा पठाएका थिए ।

उनको ध्यान भंग गर्ने काम जनार्दन शर्माले गर्दै आएका छन् । माओवादीभित्र शक्तिशाली बन्दै गएका जनार्दन संगठन विभाग प्रमुख समेत हुन् । जो प्रचण्डकै शैलीमा काम गर्न रुचाउँछन् । मिठो बोल्न नसक्ने भए पनि प्रचण्डकै शैलीमा विरोधीलाई ‘सफाया’ गर्न पछि नपर्ने नेताका रुपमा जनार्दन माओवादीभित्र परिचित छन् ।

यसकारण अहिले जनार्दन शर्मालाई महासचिव बनाउँदा उल्टै आफैलाई सिध्याइदिने हो कि भन्ने चिन्ता प्रचण्डलाई छ । किनकि, जनार्दनले यसअघि प्रकाण्ड, शक्ति बस्नेत, मणि थापा, लोकेन्द्र बिष्ट मगर, गणेशमान पुन लगायतका थुप्रै नेतालाई हटाएर आफू प्रचण्डको नजिक पुगेका थिए ।

अब प्रचण्डलाई नै पन्छाएर माओवादीको अध्यक्ष बन्नुपर्ने बाटोमा जनार्दन छन् । यस्तो बेला प्रचण्ड दोधारमै परेर आठौँ महाधिवेशन अन्त्य गर्न पुगेका थिए । जनार्दनको विकल्पमा प्रचण्डको रोजाइ वर्षमान पुनतिर छ ।

गुटको लडाइँमा जनार्दन हावी छन् । वर्षमानलाई महासचिव बनाउँदा पार्टीभित्र पकड जमाएका जनार्दन फेरि रिसाउने हुन् कि भन्ने चिन्ताले पनि प्रचण्डको ध्यान शक्ति बस्नेत, देव गुरुङ र पम्फा भुसालसम्म पनि पुगेको छ ।

हालै माओवादीमा प्रभाव जमाइरहेका नारायणकाजी श्रेष्ठलाई पन्छाएर प्रचण्डले शशी श्रेष्ठलाई सरकारमा पठाएका थिए । यसरी नै वर्षमान, देव गुरुङ वा शक्ति बस्नेतलाई महासचिव बनाएर जनार्दनको प्रभाव घटाउँदै आफै ‘सुप्रिमो’ बनिरहने प्रचण्ड प्रयास भरपुर देखिएको छ ।

यही पीडाले छटपटिएका प्रचण्ड ‘पेनकिलर’का रुपमा आफूले भनेको मान्नेलाई महासचिव बनाउन चाहिरहेका छन् । माओवादीमा प्रचण्डको त्यो ‘पेनकिलर’ को बन्छ ? सर्वत्र नेता कार्यकर्ताको यही चासो र उत्सुकता छ ।

 

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : २८ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल