लाइभ समाचार पढ्दा पढ्दै समाचार वाचीकाको दाँत भाँचिएपछि (भिडियो) « Khabarhub

लाइभ समाचार पढ्दा पढ्दै समाचार वाचीकाको दाँत भाँचिएपछि (भिडियो)


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाइभ न्युजका क्रममा धेरै पटक टेलिभिजन प्रस्तोताहरूले अनौठो अवस्थाको सामना गर्नुपर्ने हुन्छ । तर, यसपछि पनि उनीहरू ती प्रतिकूल परिस्थितिसँग डराउँदैनन् । अहिले सामाजिक सञ्जालमा एउटा यस्तै भिडियो भाइरल भइरहेको छ । जसमा एक समाचार वाचीकाले निकै अनौठो अवस्थाको सामना गर्नुपर्‍यो ।

भाइरल भिडियोमा एक महिला प्रस्तोताले समाचार पढिरहेकी देख्न सकिन्छ । तर यसै क्रममा उनीले केही अनौठो परिस्थितिको सामना गर्नुपर्यो । तथापि ती प्रस्तोताले समाचार पढ्न भने छाडिनन् र आफ्नो काम राम्ररी पूरा गर्न सफल भइन् ।

भाइरल भिडियो युक्रेनकी एक समाचार वाचीकाको हो । भिडियोमा उनले लाइभ समाचार पढिरहेको देखिन्छ । तर यस क्रममा उनको अचानक दाँत भाँचिन्छ । तर, यो घटनाले उनलाई विचलित पारेन । उनले काममा बाधा नपारी समाचार पढ्दै गर्दा हातबाट भाँचिएको दाँत निकालेपछि पनि नरोकी जिम्मेवारी पूरा गरिन् । यस अवधिमा उनले एक सेकेन्डका लागि पनि समाचार पढ्न भने छाडिनन् ।

भिडियो हेर्नुहोस् : 

 

रोचक त के छ भने यो भिडियो ती महिला प्रस्तोताले आफैले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिन् । उनले पोस्टमा एक दशकअघि आफ्नी छोरीले दाँतमा फलामको घडी ठोकेका कारण दाँत भाँचिएको र नयाँ दाँत लगाउनु परेको लेखेकी छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : १४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर