अन्तर्राष्ट्रिय

आन्दोलनले रोकिएको कजाखस्तानमा रेल पुन: सञ्चालन

By खबरहब

January 08, 2022

काठमाडौँ – नागरिक अशान्तिले अवरुद्ध भएको कजाखस्तानको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन भएको छ ।

कजाखस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोली (केटीजेट) ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल प्लेटफर्म पनि खोलेको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन्।

झानोजेन र अक्ताउका बासिन्दाहरूले तरल पेट्रोलियम ग्यासको मूल्यमा दुई गुणा वृद्धिको विरोध गरेपछि कजाखस्तानमा व्यापक विरोध प्रदर्शन गरेको थियो। त्यसपछि विरोध प्रदर्शन अन्य शहरहरूमा फैलिएको थियो। जसको परिणामस्वरूप हिंसात्मक झडप, लुटपाट र तोडफोड भयो। जसकारण यात्रु रेल यातायात पनि अवरुद्ध भएको बताइएको थियो।

राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेर स्थिति नियन्त्रणमा ल्याउन सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) शान्ति सेनालाई आमन्त्रित गरेका थिए।