विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा « Khabarhub

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलैवा–कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् ।

पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरुको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङको अर्कै मज्जा छ । चार वर्षपहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकियो । महामारीको मार खेपेका व्यवसायीले केही दिन पहिलादेखि साइक्लिङ सुरु गरेका छन् ।

कालीगण्डकी माथिको रिसोर्ट परिसरमा स्काई साइक्लिङ निर्माण गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार साइक्लिङ दुईतर्फी गरेर छ सय मिटरको रहेको छ । कोरोना महामारी पछिको समयमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको र अङ्ग्रेजी नयाँ वर्षलाई समेत लक्षित गरेर स्काई साइक्लिङ सुरु गरिएको उनको भनाइ छ ।

साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रहेको सुरुआती अवसरमा रु दुई हजार पाँच सय तोकिएको छ । उक्त स्थानमा पर्यटकले अत्यन्त रुचाएको बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत पनि छुट दिइएको उनले जानकारी गराए । साहसिक खेलप्रति पछिल्लो समय युवाहरुको आकर्षण बढेको जनाउँदै यसैलाई दृष्टिगत गर्दै साहसिक खेलका गतिविधि थपिएको अर्का निर्देशक नेत्र पराजुलीले बताए ।

बागलुङको बलेवा नेपानेका काँस फुल्ने जग्गा लिएर व्यवसायीले सहासिक खेलको हब बनाएका हुन् । बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । युरोपियन सुविधा रहेको रिसोर्टमा हरेक दिन पर्यटकको घुइँचो हुन्छ । कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्ने गरी अलग प्रकृतिको झोलुङ्गे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुङ्गे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पु¥याएको छ ।

क्लिफका संरचना नजिकै कुश्मा व्यवसायीहरुको सक्रियतामा जिपलाइनसमेत सञ्चालनमा छ । एक वर्षअघि निर्माणको काम सुरु भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउँछन् । आन्तरिक जस्तै विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सके बलेवा र कुश्माका लागि यहाँको पर्यटन आर्थिक उन्नयनको स्रोत बन्ने उनको बुझाइ छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  २ : १५ बजे

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार