महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार « Khabarhub

महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासस्थित पाटुमा गरिब, विपन्न र निम्न आय भएका सर्वसाधारणले न्यानो कम्बल उपहार पाएका छन् ।

स्थानीय समाजसेवी अर्जुन ढुंगेलको सक्रियतामा शनिबार पाटुका १५ घरपरिवारले न्यानो डस्ना तथा ओढ्ने कम्बल पाएका हुन् ।

चिसोको कारण समस्यामा परेको थाहा पाएपछि थोरै भए पनि राहत होस भन्ने उद्देश्यले कम्बल किनेर दिएको समाजसेवी ढुङ्गेलले बताए ।

मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका १५ घर परिवारले कम्बल पाएपछि निक्कै खुसी व्यक्त गरेका छन् । ‘सरकारले महसुस गर्न नसकेको आफूहरूको समस्या एउटा व्यक्तिले बुझिदिँदा ठूलो राहत महसुस गरेका छौं,’ उनीहरूले भने ।

लामो समयदेखि समाजसेवामा लागि परेका ढुङ्गेल यसभन्दा अगाडि पनि विपन्न समुदायको सारथी बन्दै आएका छन् ।

पाटुमा नै विगत एक दशकदेखि असहाय र गरिब बालबालिकालाई अतिरिक्त पढाइ गराउन निःशुल्क अतिरिक्त कक्षाहरू ढुङ्गेलले सञ्चालन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया