इतिहासमा आज : घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन « Khabarhub

इतिहासमा आज : घातक ग्यास प्रयोग गरेर मृत्युदण्ड दिएको त्यो दिन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज सन् २०२२ को ८ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज इतिहासमा भएका केही घटना

घातक ग्यास प्रयोग गरी मृत्युदन्ड
सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो। नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो।

ग्वाडलक्यानल कब्जा
दोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो। सन् १९४२ को अगस्टमा सुरु भएको हमला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो। ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो।

तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु
सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबिहीन भएका थिए। आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको जलेर ज्यान गएको थियो।

बेलायतको महारानी
सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिक रुपमा महारानी बनेकी थिइन्।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : २८ बजे

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं– पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल

भक्तपुरमा बिस्केट जात्राका लागि भैरव–भद्रकाली रथ निर्माण सुरु

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका

माटोको ढिस्कोले पुरिएर १६ वर्षीया किशोरीको मृत्यु

डोटी– घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल

नयाँ सांसदलाई शपथ गराउने हल हतार हतार बनाइँदै (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको