हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग « Khabarhub

हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ।

शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।

ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ।

उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिए।

हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो। एक वर्षको मृत मृग खाडलमा पुरिएको छ।

शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जङ्गली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन्।

तल्लो क्षेत्रमा झरेको बेला बाक्लो हिउँ पर्दा जङ्गली जनावर चिसोका कारण मर्ने गरेका छन्। लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकको कारण पनि मर्छन्।

अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ। शिकार आरक्ष जाने बुर्तिवाङ-ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूर्णरूपले अवरुद्ध बनेको छ। यातयात सञ्चालन पूर्ण अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : २९ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत