चिनियाँलाई ठेक्का दिन एडीबीको ऋण रद्ध गर्ने मन्त्री आलेको योजनामा अर्थको ‘ब्रेक’ | Khabarhub Khabarhub

चिनियाँलाई ठेक्का दिन एडीबीको ऋण रद्ध गर्ने मन्त्री आलेको योजनामा अर्थको ‘ब्रेक’



काठमाडौँ – चिनीयाँ कम्पनीलाई ठेक्का दिनको लागि एसियाली विकास बैँकबाट स्वीकृत ऋण नै रद्द गर्ने पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयको योजनालाई अर्थ मन्त्रालयले अस्वीकृत गरेको छ।

एसियाली विकास बैंक (एडीबी)ले भैरहवा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण स्वीकृत गरेको छ।

एडीबीले नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जानकारी गराएको छ। बैंकको बोर्ड बैठकले नेपालका लागि यो ऋण स्वीकृत गरेको बैंकले जानकारी दिएको छ।

यो ऋणबाट भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काममा पनि परिचालन हुनेछ। भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणका लागि एडीबीले ऋण स्वीकृत गरेको जानकारी गराएको छ।

भैरहवामा पहिलो चरणको भौतिक निर्माणका लागि पनि एडीबीले नै ऋण उपलब्ध गराएको थियो। जसको निर्माण अझै सम्पन्न भएको छैन। त्यस्तै, यहीँ ऋणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानन्तर ‘ट्याक्सी वे’को निर्माण, एप्रोन तथा पार्किङ जस्ता पूर्वाधार निर्माण हुनेछन्।

एडीबीबाट ऋण स्वीकृत भइसकेको अवस्थामा पर्यटन मन्त्रालयले पुस ६ गते अर्थ मन्त्रालयलाई पत्र लेख्दै नेपालले एयरपोर्ट विस्तारको लागि नेपाल आफ्नै श्रोत परिचालनको लागि पत्रचार गरेको थियो।

अर्थमन्त्रालयले उक्त आयोजनामा नेपालले आफ्नो श्रोत परिचालन गर्न नसक्ने भन्दै उत्तर पठाएको हो। त्यस्तै, पत्रमा एडीबीकै ऋण सहयोगबाट विस्तार गर्न पर्यटन मन्त्रालयलाई अर्थ मन्त्रालयको माघ १३ मा सचिवस्तरीय निर्देशन दिएको छ।

एडीबीको १५ करोड अमेरिकी डलर र नेपाल सरकारको ४.८ करोड अमेरिकी डलर लगानी गर्नु पर्नेछ। अर्थ मन्त्रालय भन्छ, ‘अहिलेको अवस्थामा नेपालले लगानी गर्नुपर्ने लगानीको स्रोत परिचालन नै गर्न गाह्रो भएको अवस्थामा पुरै लगानी नेपाल आफैले गर्न असम्भव रहेको अवस्थामा पर्यटन मन्त्रालयबाट यस्तो पत्र आउनु गम्भीर विषय हो।
स्रोतका अनुसार एडीबीको ऋण सहयोगबाट बन्ने आयोजनामा एडीबीले कालो सूचीमा राखेको कम्पनीले ठेक्का नपाउने हुँदा मन्त्री प्रेमकुमार आलेले यस्तो गरेका हुन्।

‘उक्त आयोजनामा चिनियाँ कम्पनी चाइना हार्वर इन्जिनियरिङलाई ठेक्का दिनको लागि मन्त्री आलेले यस्तो पत्र पठाएका हुन्’, स्रोत भन्छ ।

कालो सूचीमा चिनियाँ कम्पनी
एसियाली विकास बैँकले चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई २०२३ सम्म प्रतिबन्धको सूचीमा राखिएको छ। त्यस्तै, बंगलादेश सरकारले सडक सचिवलाई घुस दिन खोजेको भन्दै २०१८ मा चाइना हार्बरलाई कालो सूचीमा राखेको थियो।

यो प्रतिबन्धपछि चाइना हार्वरले कम्पनीले एडीबीको अनुदानमा सञ्चालित आयोजनाका भाग लिन पाउने छैन्।
सन् २०२८ सम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम विकासका लागि एडीबीले ‘विमानस्थल क्षमता अभिवृद्धि क्षेत्र विकास कार्यक्रम’ अन्तर्गत १० अर्ब लगानी गरिरहेको छ। जसमा रनवे ०२ वा कोटेश्वर साइडतर्फ समानान्तर ट्याक्सी वे विस्तार गर्ने र दुईवटा ह्याङ्गर एप्रन निर्माण गर्ने समावेश छ। धावनमार्गको पश्चिम तर्फबाट नेपाल एयरलाइन्स र नेपाली सेनाको ह्याङ्गरलाई स्थानान्तरण गर्ने एडीबीले जनाएको छ।

खरिद ऐनको मान्यता
नेपालको खरिद ऐनअनुसार कम्तिमा तीन कम्पनीले बोलपत्रमा भाग लिनुपर्ने व्यवस्था छ। तर उड्डयन प्राधिकरणले भने एडीबीको नियमले प्रतिस्पर्धात्मक बोली प्रक्रियामा दुई कम्पनी योग्य हुन सक्छन्। नेपालले हाल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा काठमाडौंको विमानस्थललाई स्तरोन्नति गर्ने योजना बनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम विकास आयोजनाका लागि करिब दुई दर्जन कम्पनीले बोलपत्र खरिद गरेका थिए तर चार चिनियाँ कम्पनीले मात्रै पेस गरेका थिए। ती मध्ये चाइना हार्बर र नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन गुप्र एडीबीले कालो सूचीमा राखेको कम्पनी हुन् ।

लागत खर्चको अनुमान
एडीबी कागजातले अन्तिम विकासको लागि योजनाबद्ध पूर्वाधारहरूलाई ध्यानमा राख्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम धावनमार्ग क्षमताले रनवे ०२ मा मिश्रित मोड सञ्चालनमा प्रति घण्टा ४२ विमान आवतजावत गर्न सक्नेछ। जसले प्रति वर्ष १८७,००० विमान आवतजावत गर्न सक्षम बनाउँछ।

दुई ह्याङ्गरको निर्माण र स्थानान्तरणमा ४.५ अर्ब खर्च हुनेछ भने समर्पित घरेलु एप्रन निर्माण गर्न ४.५ अर्ब अनुमान गरिएको छ।

एडीबीका अनुसार उक्त आयोजना निर्माण गर्न ३६ महिना लाग्नेछ। त्यसमा १२ महिना थप हुन सक्नेछ। निर्माणका लागि १,१४,४०० दक्ष र ६,६३,५४५ अदक्ष कामदार परिचालन हुनेछन्।

रनवेको दक्षिणी भागमा ट्याक्सी वे नभएकोले, विमानले टेकअफ र अवतरणका लागि २–३ अतिरिक्त मिनेट रनवे ओगटेको हुनुपर्छ, विशेष गरी पिक आवरमा। एप्रोन (अन्तर्राष्ट्रियः ११ र घरेलुः १७) मा पार्किङ स्पटको संख्या पीक–आवर पार्किङको माग सम्हाल्न पर्याप्त छैन।

काठमाडौं उपत्यकामा सीमित हवाई क्षेत्रको साथमा, एयरसाइड सुविधाको अपर्याप्त क्षमताले हवाइजहाजलाई आकाशमा होल्ड गर्न बाध्य भइरहेका छन्, जसले गर्दा लगातार उडान ढिलाइ हुन्छ।

अत्यधिक भीड र सेवाको कम गुणस्तर पीक घण्टामा अवलोकन गरिन्छ; अन्तर्राष्ट्रिय टर्मिनल भवनले प्रतिघण्टा २,२०० भन्दा बढी यात्रुहरू ह्यान्डल गर्यो, जुन यसको प्रतिघण्टा क्षमता १,३५० भन्दा ७० प्रतिशत बढी थियो। सन् २०२८ सम्ममा अन्तर्राष्ट्रिय यात्रुको संख्या थप बढेर ६१ लाख पुग्ने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न