२३ वर्षपछि खाग तस्कर पक्राउ « Khabarhub

२३ वर्षपछि खाग तस्कर पक्राउ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँग्र कोभिड–१९ सङ्क्रमण देखिएको थियो । कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए ।

विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग उनमा लागेको थियो । सो घटनामा १२ जना आरोपित भएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ११ : ३० बजे

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

एजेन्सी– घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय

अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने

काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको