कस्तो मास्क कसरी लगाउने ? « Khabarhub

कस्तो मास्क कसरी लगाउने ?

मास्कबारे जान्नै पर्ने कुरा ...


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओमिक्रोनको जोखिम बढेसँगै बजारमा मास्कको व्यापार पनि बढेको छ । मास्कको अस्थिर मुल्य एकातिर छ भने कस्तोखालको लगाउने ? कस्तो मास्कले कसरी काम गर्छ भन्ने जिज्ञासा पनि छ ।

संक्रमित व्यक्तिले कस्तो मास्कको प्रयोग गर्ने अनि अरुले कस्तो मास्क प्रयोग गर्ने भन्ने कुरा जान्न आवश्यक हुन्छ । बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।

मेडिकल तथा सर्जिकल मास्क कसले लगाउने ?
– विमानस्थलको हेल्थ डेक्समा खटिने कर्मचारीले
– रुघाखोकी लागेको व्यक्तिले
– श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिले

एन नाइन्टी फाइभ मास्क कसले लगाउनै पर्छ ?
– अस्पतालमा कार्यरत चिकित्सकले
– बिरामी कुरुवा र बिरामीको स्याहारसुसार गर्नेले
– कोरोना भाइरसको सङ्क्रमण भएको व्यक्तिले

मास्क कसरी लगाउने ?
– जहिले पनि रङ्गीन भागबाहिर पारेर लगाउनुपर्छ
– चस्मा लगाउनेले माथितिर फु गर्दा चस्मामा बाफ नजाने गरी लगाउनुपर्छ
– मुखभन्दा तलबाट पनि मास्कमा हावा छिर्नु हुँदैन
– मुख र नाक दुवैमा राम्रोसँग फिट हुने गरी लगाउनुपर्छ

मास्क पाइएन भने के गर्ने ?

– सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ

कोरोना भाइरसबाट कसरी बच्ने ?

– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने
– साबुन पानीले हात राम्रोसँग धुने
– घरबाहिर हातले खाना नखाने
– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने
– शौचालय गएपछि साबुनपानीले हात धुने
– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने
– सम्भव भएसम्म मास्क लगाउने
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने
– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने
– माछा, मासु राम्रोसँग पकाएर खाने
– सकेसम्म काँचो फलफुल नखाने
– घाममा बस्ने

घरबाहिर निस्किदा के गर्ने ?

– नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिएकोले सार्वजनिक गाडीमा हिँड्दा डराउनु पर्दैन
– घरबाहिर निस्किदा मास्क लगाउने
– बिहेको मौसम भए पनि धेरै भिडभाड नगर्ने, भोजभतेर नगर्ने
– जमघट हुने कार्यक्रम, सभा र सम्मेलन नगर्ने
– विदेशबाट आएको व्यक्तिमा विमानस्थलमा कुनै लक्षण नदेखिए पनि १४ दिनभित्र रुघाखोकी लाग्न सक्छ, रुघाखोकी लागे नआत्तिइकन अस्पताल जाने
( सरुवारोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन र डाक्टर सागर राजभण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ४३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट