महाभारतका ‘भीम’ प्रवीणकुमारको निधन « Khabarhub

महाभारतका ‘भीम’ प्रवीणकुमारको निधन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बीआर चोपडाको चर्चित पौराणिक भारतीय टेलिश्रृङ्खला ‘महाभारत’ मा ‘भीम’ को भूमिका निर्वाह गरेका प्रवीणकुमार सोबतीको निधन भएको छ ।

उनको ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पञ्जावका प्रवीणकुमार करिब एक वर्षदेखि बिरामी थिए ।

उनले करिब ५० भारतीय चलचित्रहरूमा अभिनय गरेका थिए । उनले ‘आजका अर्जुन’, ‘मेरी आवाज सुनो’, ‘गजब’, ‘कमाण्डो’, ‘राजतिलक’, ‘अजुबा’, ‘श्याम घनश्याम’लगायत चलचित्रमा अभिनय गरेका थिए ।

अभिनयका साथै प्रवीणकुमार सफल अन्तर्राष्ट्रिय खेलाडी पनि थिए । उनी आफ्नो शारीरिक बनौटका कारण पनि चर्चित थिए । ६ फिट अग्लो प्रवीणकुमार अभिनय क्षेत्रमा प्रवेश गर्नुअघि अन्तर्राष्ट्रियस्तरका चर्चित खेलाडी भइसकेका थिए । उनी ह्यामर र डिस्कस थ्रोका एथलेटिक्स खेलाडी थिए ।

उनले एसियाली खेलकुद प्रतियोगिताहरूमा गरी दुई स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गरेका थिए । प्रवीणकुमारले दुई पटक ओलम्पिकमा पनि भारतको प्रतिनिधित्व गरेका थिए । उनलाई अर्जुन अवार्डबाट पनि सम्मान गरिएको थियो ।

खेलका साथै उनी सीमा सुरक्षा फोर्समा डिपुटी कमाण्डरका रूपमा सरकारी सेवा गरेका थिए । अभिनयपछि राजनीतिमा सक्रिय भएका उनी आम आदमी पार्टीबाट दिल्लीको वजीरपुरबाट चुनावसमेत लडेका थिए । त्यसपछि प्रवीणकुमार भारतीय जनता पार्टीमा आबद्ध भएका थिए ।

प्रवीणको जन्म सन् १९४७ डिसेम्बर ६ तारिखमा भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ०६ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान