क्वालीफाई गल्फ खेल्न भारत गए गल्फर शुक्र « Khabarhub

क्वालीफाई गल्फ खेल्न भारत गए गल्फर शुक्र


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–नेपालको नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् । उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित बिदाई गरेका छन् ।

उनलाई मेयर राईले व्यक्तिगत रुपमा भारु १ हजार र नेपाली १० हजार रुपैयाको चेक पनि हस्तान्तरण गरे । मेयर राईले धरानको उत्पादन शुक्र नेपालकै नम्बर एक व्यावसायिक खेलाडी भएकोले सम्पुर्ण धरानेहरुले गौरव गर्नुपर्ने भन्दै खेल जीवनको प्रगतिको कामना गरे ।

‘शुक्रबहादुर राई नेपालकै नम्बर एक व्यावसायिक खेलाडी हुन् । हाम्रो धरानको उत्पादन हो । धराने गल्फरहरुको उसमा धेरै ठूलो लगानी छ । इमान्दारपूर्वक नेपाल गल्फ एशोसिएसनको ट्रेनिङमा बसेर एमेच्योरमा पनि ६, ७ वटा देश नेपालको प्रतिनिधि गरेर खेल्न गईसकेका छन् । साफ गेममा पनि उनले मेडल ल्याएकाका छन्’, मेयर राईले भने ।

शुक्रले हालै धरानमा सम्पन्न सुर्य नेपाल इष्र्टन ओपन र काठमाडौंको सेन्टर ओपन जितेका थिए । भारतको गुजरातस्थित अहमदावादमा टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुदैछ । फेबु्रअरी १० तारिख रजिष्ट्रेशन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाई हुनेछ ।

यस्तै, १४ मा पुनः रजिष्ट्रेसन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरु १७ र १८ गते फाइनल खेल्न पाउँछन् । शुक्रले दिएको जानकारी अनुसार प्रि क्वालिफाइमा करिब १ सय २० खेलाडीहरु सहभागी हुनेछन् । तीमध्ये प्रि क्वालिफाईबाट ८० जना छनौट हुनेछन् ।

त्यसमध्ये पनि फाइनलको लागि ४०÷५० जना मात्र फाइनलको लागि छनोट भएर फुल कार्ड पाउँछन् । शुक्रले फुल कार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेस्नल गल्फ प्रतियोगिता खेल्न पाउने जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ४५ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ