क्वालीफाई गल्फ खेल्न भारत गए गल्फर शुक्र | Khabarhub Khabarhub

क्वालीफाई गल्फ खेल्न भारत गए गल्फर शुक्र


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–नेपालको नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् । उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित बिदाई गरेका छन् ।

उनलाई मेयर राईले व्यक्तिगत रुपमा भारु १ हजार र नेपाली १० हजार रुपैयाको चेक पनि हस्तान्तरण गरे । मेयर राईले धरानको उत्पादन शुक्र नेपालकै नम्बर एक व्यावसायिक खेलाडी भएकोले सम्पुर्ण धरानेहरुले गौरव गर्नुपर्ने भन्दै खेल जीवनको प्रगतिको कामना गरे ।

‘शुक्रबहादुर राई नेपालकै नम्बर एक व्यावसायिक खेलाडी हुन् । हाम्रो धरानको उत्पादन हो । धराने गल्फरहरुको उसमा धेरै ठूलो लगानी छ । इमान्दारपूर्वक नेपाल गल्फ एशोसिएसनको ट्रेनिङमा बसेर एमेच्योरमा पनि ६, ७ वटा देश नेपालको प्रतिनिधि गरेर खेल्न गईसकेका छन् । साफ गेममा पनि उनले मेडल ल्याएकाका छन्’, मेयर राईले भने ।

शुक्रले हालै धरानमा सम्पन्न सुर्य नेपाल इष्र्टन ओपन र काठमाडौंको सेन्टर ओपन जितेका थिए । भारतको गुजरातस्थित अहमदावादमा टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुदैछ । फेबु्रअरी १० तारिख रजिष्ट्रेशन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाई हुनेछ ।

यस्तै, १४ मा पुनः रजिष्ट्रेसन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरु १७ र १८ गते फाइनल खेल्न पाउँछन् । शुक्रले दिएको जानकारी अनुसार प्रि क्वालिफाइमा करिब १ सय २० खेलाडीहरु सहभागी हुनेछन् । तीमध्ये प्रि क्वालिफाईबाट ८० जना छनौट हुनेछन् ।

त्यसमध्ये पनि फाइनलको लागि ४०÷५० जना मात्र फाइनलको लागि छनोट भएर फुल कार्ड पाउँछन् । शुक्रले फुल कार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेस्नल गल्फ प्रतियोगिता खेल्न पाउने जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ४५ बजे

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ ।  आगामी

उद्योग वाणिज्य मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

काठमाडौं- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८

चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिने

काठमाडौं- सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको

अल्लोबाट बनेको छ अर्थमन्त्रीले बोकेको बजेट पुस्तिकाको ‘ब्रिफकेस’

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पुस्तिका बोक्न

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजनाको घोषणा

 काठमाडौं– सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज