कमल थापाद्वारा पार्टी परित्यागको घोषणा « Khabarhub

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

‘सुनुवाई नभएपछि अप्रिय निर्णय लिएँ’


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । उनले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन् ।

गृह नगर हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफनो मागको सम्बोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाएका हुन् । विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गरेका छन् ।

‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गरेका छन्, ‘पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा मै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफनो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

सोमवार काठमाडौंमा आफु निकट राप्रपाका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गरेका हुन ।

‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुवाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पुर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा रहदाँ बिताएका क्षणहरु प्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस भन्ने कामना गर्दछ ।’

थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनवाट पराजित भएका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए । उनले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गरेका थिए । उनले १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  २ : ०६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको