अध्ययनपछि मात्र चीनसँगको सीमा समस्याबारे धारणा दिन्छौँः प्रवक्ता कार्की « Khabarhub

अध्ययनपछि मात्र चीनसँगको सीमा समस्याबारे धारणा दिन्छौँः प्रवक्ता कार्की


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे सरकारले अध्ययन गरेर मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार प्रकाशित गरेकै दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने ।

उनले भारत र चीनसँगको सीमा समस्या कूटनीतिक ढंगले सरकारले समाधान गर्नेसमेत बताए । भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नशील रहेको उनले जनाए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : १९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको