सानेपामा नेपाली काँग्रेसको पदाधिकारी बैठक « Khabarhub

सानेपामा नेपाली काँग्रेसको पदाधिकारी बैठक


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ ।

कार्यसम्पादन समितिको बैठकमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

यिनै विषयवस्तुमा आजको पदाधिकारी बैठकमा छलफल गर्ने एक पदाधिकारीले जानकारी दिए ।

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन् । कांग्रेस पदाधिकारीमा एक सभापति, दुई उपाध्यक्ष, दुई महामन्त्री, सात सहमहामन्त्री, पार्टी प्रवक्ता छन् । कांग्रेसमा पदाधिकारी हैसियतमा रहेका कोषाध्यक्ष पद भने खाली छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ३० बजे

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ- हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु

तेल सङ्कटले एसियामा खैलाबैला

काठमाडौं- मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं- जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को

अर्थमन्त्री खनालले गरे रातो पासपोर्ट फिर्ता

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार

घण्टीबाट चुनाव जितेका ६ स्वास्थ्यकर्मी : न्युरोलोजिष्टदेखि स्वयंसेविकासम्म

प्रतिनिधिसभा निर्वाचनमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्