अब हामी मिलेर माओवादीलाई एक ढिक्का बनाउनुपर्छ : अध्यक्ष केसी « Khabarhub

अब हामी मिलेर माओवादीलाई एक ढिक्का बनाउनुपर्छ : अध्यक्ष केसी


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीलाई बलियो बनाउनतर्फ केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । आगामी चुनाव नजिकिँदै गर्दा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

उनले पार्टीभित्रको गुटउपगुट अन्त्य गरी अगाडी बढ्न पार्टी नेतृत्वकर्तालाई निर्देशन दिएकी छन् । आगामी निर्वाचन जित्नका लागि पनि यहाँका नेता तथा कार्यकर्ता सक्रियता पूर्वक लाग्न आवश्यक रहेको उनको धारणा छ ।

प्रेस सेन्टर जुम्लाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष केसीले पार्टीलाई सफल पार्न नकारेर लाग्न नेतृत्वलाई सचेत गराएको बताइन् । उनले भनिन्, ‘प्रेस सेन्टरले राम्रा कामको प्रचार र कमजोरीमा खबरदारि गरोस् । हामीले सधैँ यही अपेक्षा गर्ने छौं ।’

पछिल्लो समयमा नेकपा माओवादी केन्द्र जुम्ला बासीको रोजाइ बन्न थालेकाले देश र जनताको हित अनुकूल माओवादी केन्द्रले काम गर्न अनुरोध गरिन् ।

‘माओवादी गरिब, सर्वहारा वर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त वर्गको हितमा बोलेको छैन’, अध्यक्ष केसीले भनिन्,‘त्यसैले माओवादी केन्द्रप्रति गाउँदेखि सहरसम्मको साथ र सहयोग मिलेको छ ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ४० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की