नेपाल-चीन सीमा समस्याबारे सरकारको घोषणा स्वागतयोग्य– राष्ट्रिय एकता अभियान | Khabarhub Khabarhub

नेपाल-चीन सीमा समस्याबारे सरकारको घोषणा स्वागतयोग्य– राष्ट्रिय एकता अभियान


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले सरकरले नेपाल-चीन सीमा समस्याबारे आधिकारिक धारणा सार्वजनिक गर्न गरेको घोषणाको स्वागत गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको सरकारी घोषणाको अभियानले स्वागत गरेको हो ।

अभियानले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता एवम् सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाउदै आएको आएको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको उत्तरी सिमानामा निरन्तर रूपमा भइरहेको चिनियाँ अतिक्रमण रोक्नु तपाईं हामी सबै सच्चा नागरिकको दायित्व हो। यही मिति २०७८ माघ २४ गते अभियानले चिनियाँ अतिक्रमणविरुद्ध नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको स्मरण गराउन चाहन्छ।’

यसै सन्दर्भमा नेपाल सरकारले आज नेपाल-चीन सीमा समस्याबारे अध्यन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको निर्णय स्वागत योग्य रहेको अभियानले जनाएको छ । साथै अभियालने विज्ञप्तिमार्फत नेपाल सरकारलाई विशेष धन्यवादसमेत दिएको छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ०७ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले