विभिन्न व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने ‘महाठग’ पक्राउ | Khabarhub Khabarhub

विभिन्न व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने ‘महाठग’ पक्राउ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु प्रहरीले एक जना ‘महाठग’ लाई पक्राउ गर्न सफल भएको छ । विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठानको तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा भन्दै त कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौँ उठाएर फरार रहेका पेसेवर ठगलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कार चेक जाँचका क्रममा पोख्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीको दाबी छ । अभियुक्त पोख्रेलले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए । प्रहरीका अनुसार उनले पन्थबाट ७ लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यस्तै, २०६४/६५ सालमा दाङ राप्ती गाउँपालिका–२ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोडभन्दा बढी रकम उठाएर उनी फरार भएका थिए । यसैगरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौँ रकम उठाएर फरार भएको जनाइएको छ ।

यस्तो छ उनको ठगीका श्रृङ्खला

२०६४/६५ सालमा दाङ साविक लालमटिया गा.वि.स.हाल राप्ती गाउपालिका वडा नं.–२ मा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनि विभिन्न व्यक्तिहरूबाट एक करोडभन्दा बढी रुपैयाँ ठगी फरार भएको ।

२०६५ सालमा कैलालीो धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोका लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूबाट लाखौँ रकम ठगी गरी फरार भएको ।

वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको Jagadamba sales trading Pvt. Ltd मा गई आफू Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू ४७ लाखको खरिद गरी सो वापत  Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको माछापुच्छ्रे बैङ्कको रकम नभएको चेक मिति २०७८।०३।१३ गते दिई फरार भएको ।

गोयल कम्पनीको विक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते २३ लाखको हार्डवेयर सामग्री फ्याक्ट्री बनाउन लागेको भन्दै सामान लिई सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं. ०९१९६०१९९५३१७०११ को रकम नभएको चेक दिई फरार भएको ।

नेपाली सेनाको ठेकेदार हुँ भनि चितवनको टाँडीमा सञ्चालित Rijal Food & Beverages Pvt.Ltd बाट मिति २०७८।०७।३० गते Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को नाममा सामानहरू खरिद गरी सो वापतको भुक्तानीका लागि माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो वापत कम्पनीले २८ लाखको क्षति ब्यहोरेको ।

नवलपरासीमा रहेको समृद्धि स्टिल कम्पनीमा २५ लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको ।

प्युठान सिमेन्ट कारखानाबाट २० लाखको सामान लिई रकम नभएको चेक दिई फरार रहेको ।

गोल्छा अर्गनाईजेसनबाट ३० लाख बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको ।

काठमाडौँको टेकुमा शिवप्रसाद थापाले सञ्चालन गरेको मेशिनरी सप्लायर्सबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको १ लाख २७ बराबरको रकम नभएकोको चेक दिई फरार रहेको ।

यसअघि पनि उनीमाथि ठगीका मुद्दाहरू दर्ता भएका थिए । पोख्रेलमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ११ : ५६ बजे

जेन-जीका नाममा जलाइएको बालकोटस्थित घरमा ओली (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र प्रक्षेपण

सियोल- उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक

जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुष्मनी मोल्दैछ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

कञ्चनपुर- समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ- नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन