युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह « Khabarhub

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् ।

आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ नजिकै युद्धमैदानको अग्रमोर्चामै विवाह गरेका छन् ।

राजधानी किभ शहरका मेयर भिताली क्लित्स्कोले ट्विटरमार्फत् भिडियो जारी गर्दै युद्धको अग्रमोर्चामा सैनिकको जोडीले विवाह गरेको जनाएका हुन् ।

उनले सार्वजनिक गरेको भिडियोमा एक जना सैनिकले उनीहरुको विवाह उपक्रम सम्पन्न गरेको देख्न सकिन्छ ।

त्यसपछि नवविवाहित जोडीले चुम्बन गरी फूलको बुके साटासाट गरेको देख्न सकिन्छ । लगत्तै त्यहाँ उपस्थित अरु सैनिकहरुले ताली बजाएर विवाह सम्पन्न गर्छन् ।

भिडियोमा मेयर क्लित्स्को पनि समारोहमा उपस्थित भइ नवदम्पतीलाई बधाई दिएको देख्न सकिन्छ ।

यो जोडी २२ वर्षदेखि सँगै रहेको र उनीहरूबाट एक छोरी पनि भइसकेको एबीसीको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १ : २२ बजे

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व