जापानले ल्यायो रुस र बेलारुसका लागि नयाँ प्रतिबन्धको प्याकेज « Khabarhub

जापानले ल्यायो रुस र बेलारुसका लागि नयाँ प्रतिबन्धको प्याकेज


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले रुस र बेलारुसविरुद्ध अर्को चरणको प्रतिबन्धका प्याकेज सार्वजनिक गरेको छ । जापानी विदेश मन्त्रालयले युक्रेनमा जारी रुसी आक्रमणका सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापानले अरु २० रुसी र १२ बेलारूसी नागरिकहरू विरुद्ध व्यक्तिगत प्रतिबन्धहरू समेत लगाएको छ । साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरू विरुद्ध पनि जापानले प्रतिबन्ध लगाएको जनाइएको छ।

जापानी प्रतिबन्धको नयाँ प्याकेजमा ती देशका सशस्त्र बलहरू, कानून कार्यान्वयन गर्ने निकायहरू र खुफिया संगठनहरू सहित बेलारूसी रक्षा मन्त्रालयको लागि पनि निर्यात प्रतिबन्ध लगाइएको छ।

व्यक्तिगत प्रतिबन्धहरू विशेष गरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभमाथि लक्षित छ ।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ५५ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम