एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता  | Khabarhub Khabarhub

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता 


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एक लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्‍याउने लक्ष्य रहेको बताएकी थिइन् । उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने समेत बताइन्। ।

विदेशमा हासिल गरेको सीपलाई व्यवसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको उनले सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरैजनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।

यसैबीच संघको  निर्वाचन समितिले २१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै मार्च २४ र २५ तारिख हुने जनाएको छ । संघको ५१ पदाधिकारीको लागि साेमबारदेखि  सुरु भएको उम्मेदवारी दर्ता ११ मार्चसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । आजसम्म करिब डेढ दर्जन पदाधिकारी उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ३५ बजे

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

महेन्द्रनगर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा

भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

पाँचथर– आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-८

मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

मुस्ताङ– मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ