एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता  « Khabarhub

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता 


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एक लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्‍याउने लक्ष्य रहेको बताएकी थिइन् । उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने समेत बताइन्। ।

विदेशमा हासिल गरेको सीपलाई व्यवसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको उनले सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरैजनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।

यसैबीच संघको  निर्वाचन समितिले २१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै मार्च २४ र २५ तारिख हुने जनाएको छ । संघको ५१ पदाधिकारीको लागि साेमबारदेखि  सुरु भएको उम्मेदवारी दर्ता ११ मार्चसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । आजसम्म करिब डेढ दर्जन पदाधिकारी उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ३५ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ