नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड « Khabarhub

नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो ।

 कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरमा दरखास्त आह्वान गरेको थियो ।

बिक्री प्रबन्धककाअनुसार आईपिओमा कूल २५ लाख २७ हजार १०१ जनाले आवेदन दिएका थिए । त्यसमा चार हजार १४६ जनाको आवेदन रद्द भई बाँकी २५ लाख २२ हजार ९५५ योग्य आवेदकमध्ये ७७ हजार ४५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथा मार्फत शेयर बाँडिएको हो ।

बाँकी तीन कित्ता शेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत(४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी(रु २५ करोड ५० लाख)को शून्य दशमलव पाँच प्रतिशत (१२ हजार ७५०)कित्ता शेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए ।

बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : २१ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा