नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ (फोटो फिचर) « Khabarhub

नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ (फोटो फिचर)


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ प्रतियोगिता भएको छ ।

मंगलबार ठमेलस्थित एलओडी क्लबमा महिला बक्सिङ आयोजना भएको हो । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा भएको

खेलमा ४९ केजीदेखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी भएका थिए ।

प्रतिष्ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी थिए ।

नारी सशक्तीकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेनशमशेर कुँवेरले बताए ।

महिलाले सामाजिक वा कानुनी रूपबाट भोग्नुपरेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : ११ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४