हरियो रङ मतदाता र गणकमैत्री हुन्छ-निर्वाचन आयोग « Khabarhub

हरियो रङ मतदाता र गणकमैत्री हुन्छ-निर्वाचन आयोग


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनिर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो कागजमा  हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ ।

मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिए ।

उनले भने मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियो भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो ।

अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको आयोगको भनाइ छ ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसिले छपाइ गर्ने निर्णय गरेको सोमबार आयोजित पत्रकार भेटमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ०५ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास