कार्यसम्पादनमा दाङका पालिकामध्ये राप्ती उत्कृष्ट « Khabarhub

कार्यसम्पादनमा दाङका पालिकामध्ये राप्ती उत्कृष्ट


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो ।

राप्तीले ७५ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिए ।

शान्तिनगर दोस्रो स्थानमा रहेको छ । शान्तिनगर गाउँपालिकाले ७० दशमलव ३० अकं प्राप्त गरेको छ ।

त्यसैगरी, बंगलाचुली गाउँपालिकाले ५४ दशमलव ३९, घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८, तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१, बबई गाउँपालिकाले ५८ दशमलव ९८, दगीशरण गाउँपालिकाले ५९ दशमलव ३२, गढवा गाउँपालिकाले ४७ दशमलव ९८ र राजपुर गाउँपालिकाले ४५ दशलमलव ५१ अंक पाएका छन् ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७९÷८० का लागि स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम दिइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : २० बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास