नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता « Khabarhub

नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ─ तनहुँको म्याग्दे गाउँपालिकाले पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो ।

मंगलबार गाउँपालिकाले जामुनेमा भएको अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । उनीहरू दशैँयता गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । दशैँ अगाडि सुत्केरी भएकालाई पोषण भत्ता दशैँको बेलामा वितरण गरिएको थियो ।

नारी दिवसको दिन सुरक्षित तरिकाले आमा बनेकोलाई सम्मान गर्दै सुत्केरी पोषण भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ गत आर्थिक वर्षदेखि म्याग्देमा सुरु भएको हो । मातृ शिशु मृत्युदर कम गराउनलाई यो कार्यक्रम सुरु गरेको अध्यक्ष रानाको भनाइ छ ।

‘गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाहरूको ज्यान जाने खतरा हुन्छ । त्यसैले पोहोरबाट सुत्केरीसँग अध्यक्ष कार्यक्रम सुरु गरेका छौँ । कार्यक्रमबाट पोषण भत्ता वितरण गर्न थालेपछि गाउँपालिकाको स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुनलाई आउनेको संख्या बढेको छ’, उनले भनिन् ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । ‘घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गरेको छ’, उनले भने । घिमिरेका अनुसार गाउँपालिकाले दिने तीन हजार रुपैयाँ पोषण भत्ता लिनलाई गर्भवतीले कम्तिमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनपर्छ । उनका अनुसार म्याग्दे बाहिर गएर सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पनि सुविधा दिइँदैन् ।

कार्यक्रम सुरु भएपछि १७९ जनालाई संस्थागत सुत्केरी सेवा दिएको उनले जानकारी दिए । संस्थागत सुत्केरी बढाउन भूमिका खेल्न महिला स्वयंमसेविकालाई समेत गाउँपालिकाले सम्मान गरेको छ ।

म्याग्दे गाउँपालिकाले नारी दिवसको दिनमा असल बुहारी सम्मान पनि गरेको छ । अशक्त सासु ससुराको स्याहार गर्ने तीन उत्कृष्ट बुहारीलाई  गाउँपालिकाले ‘असल बुहारी’ सम्मान गरेको हो ।

म्याग्दे–७ कि नन्दुमाया थापा र उमा सेन, म्याग्दे–४ कि चन्द्रकुमारी कुमाललाई असल बुहारी सम्मान गरिएको हो ।  यी तिनै जनाले अशक्त सासु ससुरालाई वर्षौदेखि स्याहारसुसार गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको