कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु « Khabarhub

कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातान्त्रिक गणतन्त्र कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।

कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । सैनिक क्याम्प छेउमा रहेको रेष्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ ।

बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन् । उनले भने– ‘घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको उनले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : १६ बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८