मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित « Khabarhub

मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् ।

परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने समूहमा आबद्ध महिलाले अपेक्षा गरेका छन् ।

च्याउ खेती सुरु गरे पश्चात आधारभूत आवश्यकता टार्नेदेखि अतिरिक्त आम्दानी हुनेमा उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्परागत बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताएकी छिन् ।

मुगुमा च्याउ प्रतिकिलो पाँच सय रुपैयाँका दरले किनबेच हुने गरेको छ। मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् ।
प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौ सम्मको समय ठिक हुने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ०४ बजे

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको