जलवायु परिवर्तनको असर घटाउन कार्ययोजना निर्माण गर्नुपर्ने डब्लूएचओको भनाइ « Khabarhub

जलवायु परिवर्तनको असर घटाउन कार्ययोजना निर्माण गर्नुपर्ने डब्लूएचओको भनाइ


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्लूएचओले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरू निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लूएचओले विश्वका सरकारहरूलाई सो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्दै डब्लूएचओले जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन समेत आग्रह गरेको छ ।

मानिसको स्वास्थ्यमा पृथ्वीमा बढ्दो तापक्रमले के कस्तो असर गरिरहेको छ भन्ने बारेमा पनि सोच्नुपर्ने अवस्था रहेको डब्लूएचओको भनाइ छ ।

‘जलवायु संकट भनेकै स्वास्थ्य संकट हो र विश्वमा हरेक वर्ष कम्तीमा पनि ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु भइरहेको छ’ भन्दै यस विषयमा संवेदनशील हुनुपर्ने सो संस्थाले जनाएको छ ।

विश्वमा अहिले पनि ९९ प्रतिशत मानिसहरूले अस्वस्थ हावामा सास फेर्नुपर्ने अवस्था रहेको भन्दै नागरिकको स्वास्थ्यमा सुधार ल्याउन तथा वातावरणीय सन्तुलन कायम गर्न जलवायु परिवर्तनका कारकहरुको खोजी गरेर तिनमा कटौती गर्ने कार्यक्रमहरू ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : २० बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि