युक्रेनमा उल्लेखनीय हताहति व्यहोरेको क्रेमलिनको स्वीकारोक्ति « Khabarhub

युक्रेनमा उल्लेखनीय हताहति व्यहोरेको क्रेमलिनको स्वीकारोक्ति


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा रुसी फौजले उल्लेखनीय हताहति व्यहोरेको रुसी प्रशासन क्रेमलिनले स्वीकार गरेको छ ।

बेलायती टेलिभिजन स्काई न्युजलाई दिएको अन्तरवार्तामा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा जारी रुसी आक्रमणमा ‘उल्लेखनीय मात्रामा सैनिक गुमाएको’ स्वीकार गरेका हुन् ।

उनले यो क्षति ‘हाम्रा लागि ठूलो दुःखद घटना’ रहेको समेत बताए । आगामी दिनहरूमा रुसले युक्रेनमा सैनिक उद्देश्य प्राप्त गरेरै छाड्ने पनि उनको दृढता छ ।

उनले रुसी फौज पछि हटेसँगै युक्रेनी राजधानी किभ नजिकै रहेको बुचा शहरमा फेला परेका गैर सैनिकको आम हत्या तथा युद्ध अपराध घटनामा रुसी सैनिक जिम्मेवार नरहेको समेत बताए ।

सो क्षेत्रमा मारिएका गैरसैनिकका भिडियो र तस्वीरहरू मञ्चन गरिएको भन्दै उनले भने, ‘हामी दुष्प्रचार र झूठका दिनहरूमा बाँचिरहेका छौँ ।’

क्रेमलिनले रुसले भन्ने गरेको ‘युक्रेनमा विशेष सैनिक कारवाही’ मा आफ्नो तर्फबाट न्यून मात्रै क्षति भएको बताउने गरेको थियो ।

यद्यपि पेस्कोभको पछिल्लो स्वीकारोक्तिले युक्रेनमा जारी आक्रमणका कारण रुसी फौजले भारी मात्रामा क्षति व्यहोरेको युक्रेनी दाबीलाई बल पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ४५ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको