युक्रेनमा उल्लेखनीय हताहति व्यहोरेको क्रेमलिनको स्वीकारोक्ति « Khabarhub

युक्रेनमा उल्लेखनीय हताहति व्यहोरेको क्रेमलिनको स्वीकारोक्ति


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा रुसी फौजले उल्लेखनीय हताहति व्यहोरेको रुसी प्रशासन क्रेमलिनले स्वीकार गरेको छ ।

बेलायती टेलिभिजन स्काई न्युजलाई दिएको अन्तरवार्तामा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा जारी रुसी आक्रमणमा ‘उल्लेखनीय मात्रामा सैनिक गुमाएको’ स्वीकार गरेका हुन् ।

उनले यो क्षति ‘हाम्रा लागि ठूलो दुःखद घटना’ रहेको समेत बताए । आगामी दिनहरूमा रुसले युक्रेनमा सैनिक उद्देश्य प्राप्त गरेरै छाड्ने पनि उनको दृढता छ ।

उनले रुसी फौज पछि हटेसँगै युक्रेनी राजधानी किभ नजिकै रहेको बुचा शहरमा फेला परेका गैर सैनिकको आम हत्या तथा युद्ध अपराध घटनामा रुसी सैनिक जिम्मेवार नरहेको समेत बताए ।

सो क्षेत्रमा मारिएका गैरसैनिकका भिडियो र तस्वीरहरू मञ्चन गरिएको भन्दै उनले भने, ‘हामी दुष्प्रचार र झूठका दिनहरूमा बाँचिरहेका छौँ ।’

क्रेमलिनले रुसले भन्ने गरेको ‘युक्रेनमा विशेष सैनिक कारवाही’ मा आफ्नो तर्फबाट न्यून मात्रै क्षति भएको बताउने गरेको थियो ।

यद्यपि पेस्कोभको पछिल्लो स्वीकारोक्तिले युक्रेनमा जारी आक्रमणका कारण रुसी फौजले भारी मात्रामा क्षति व्यहोरेको युक्रेनी दाबीलाई बल पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ४५ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा