ओटीटीमा ‘जेम्स बोन्ड’ का सबै फिल्म आउँदै « Khabarhub

ओटीटीमा ‘जेम्स बोन्ड’ का सबै फिल्म आउँदै


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलायती जासुसको कथामा निर्माण हुने फिल्म जेम्स बोन्ड हल बाहेक अन्य प्लेटफर्ममा उपलब्ध हुने गरेका छैनन् ।

लामो समयदेखि जासुसीको कथामार्फत दर्शकको प्रिय पात्र बन्दै आइरहेका विभिन्न जेम्स बोन्डहरूलाई अब भने ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा हेर्न पाइनेछ ।

जेम्स बन्ड सिरिज निर्माता एमजीएमले अमेजन भिडियोसँग गरेको सम्झौताका आधारमा ती फिल्म यो प्लेटफर्ममा उपलब्ध हुन लागेका हुन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जानकारी गराएको छ ।

एमजीएमले आफूले निर्माण तथा वितरण गरेका ४ हजारभन्दा बढी फिल्म र १७ हजारभन्दा बढी टीभी सिरियल अमेजनको प्राइम भिडियोलाई उपलब्ध गराएको हो । सम्झौताअनुसार बोन्डको पहिलो फिल्मदेखि हालै रिलिज भएको ‘नो टाइम टु डाई’ सम्म प्राइममा पाइने छन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जनाउँदै यो सीमित समयका लागि मात्र उपलब्ध हुने पनि प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ३८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन